भारतीको उपन्यासमाथि अन्तर्क्रिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपन्यासकार शंकर भारतीको उपन्यास ‘अनुपम देवता’ को तेस्रो संस्करणको शुक्रबार सामाजिक सेवाको भवन अनामनगरमा एक समोरोहबीच अन्तर्क्रिया गरिएको छ । उपन्यास समाज नेपालको अध्यक्षसमेत रहनुभएका भारतीको पुस्तकमाथिको अन्तर्क्रियात्मक कार्यक्रमको सभापतित्व साहित्यकार श्रीओम श्रेष्ठ रोदनले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्रीबाबु कार्कीले गर्नुभएको थियो ।

वियोगी बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमा दामोदर पुडासैनी किशोर, डा.शान्तिमाया गिरी, डा.दीनबन्धु शर्मा, डा.मधुसूदन लामिछाने, डा.धनप्रसाद सुवेदी, देविका तिमिल्सिना, राधेश्याम लेकाली, गोविन्द घिमिरे वेदमणि, प्राडा.रामप्रसाद ज्ञवाली, पवन आलोकले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो भने विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त पुस्तकको लेखनको सन्दर्भमा उपन्यासकार भारती स्वयंले पनि प्रकाश पार्नुभएको सो कार्यक्रमा प्रमुख अतिथि रहनुभएका नगेन्द्रराज शर्माले आफ्नो विचार राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?