पाल्पा दुर्घटना : तीनै जनाको पहिचान खुल्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

आज विहान तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

तीनै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा रेसुङा नगरपालिका –७ कि ४५ वर्षीया मनकला चुदारा, पाल्पाका प्रहरी सहायक हवल्दार ४२ वर्षीय यम बहादुर बोहोरा र पोखरा महानगरपालिका – १५ का ३१ वर्षिय विनोद तिमिल्सेना रहेका छन् ।

दुर्घटनामा ८ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिनुभयो । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको स्कार्पियो विहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेको पहिरोमा परेको हो ।

प्रहरी र स्थानीयवासीले तत्काल ८ जना घाईतेलाई थप उपचारको लागि तानसेनस्थित मिसन अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?