इरानी प्रदर्शनकारीको हिरासतमा मृत्यु, जसलाई मृत्युदण्डको सजायमा माफी दिइएको थियो

हिमालय टाइम्स
Read Time = 1 min

इरान। मृत्युदण्डको सजायमा माफी पाएका इरानका एक प्रदर्शनकारीको हिरासतमै मृत्यु भएको छ । सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्ड सर्वोच्च अदालतले खारेज गरे पनि उनको जेलमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका जवाद रुहीको कारागारमै मृत्यु भएको हो । ३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

गत वर्ष इरानको मोरालिटी पुलिसको हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएको केही दिनपछि रुहीलाई पक्राउ गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?