एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने खेलको केही समय अघि टस भएको छ । भारतले टस जितेर ब्याटिङ गर्ने भएको छ । टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।  पाकिस्तानले भारतविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?