बार्सिलोनामा दुई पोर्चुगिज खेलाडी

Read Time = 2 mins

बार्सिलोना । बार्सिलोनाले दुई स्टार पोर्चुगिज खेलाडीलाई क्लबमा आबद्ध गराएको छ । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलका फरवार्ड जोआओ फेलिक्स र राइट-ब्याक जोआओ क्यान्सेलोलाई क्लबमा आबद्ध गरेको हो । दुवैलाई एक सिजन लोनमा बार्सिलोनाले सम्झौता गरेको हो । फेलिक्सलाई इंग्लिस क्लब चेल्सी, जोआओ क्यान्सेलोलाई म्यानचेस्टर सिटीबाट बार्सिलोनाले भित्र्याएको हो ।

२०१६ मा ड्यानी अल्भेसले क्लब छोडेपछि बार्सिलोनाले राइट-ब्याक पोजिसनमा एकरूपता पाएको छैन । क्यान्सेलोले उहाँको स्थान लिने विश्वास गरिएको छ । यस्तै, फिफा विश्वकप कतार २०२२ मा प्रभावशाली प्रदर्शन गर्नुभएका मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।

२७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन युरो लोन शुल्क तिर्नेछ । उहाँलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कतारमा सम्पन्न विश्वकप फुटबलबाट चर्चामा आएका अम्रबाटले मोरक्कोको सेमिफाइनल यात्रामा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । रक्षात्मक मिडफिल्डर रहनुभएका उहाँले सेन्ट्रल मिडफिल्डरका रूपमा पनि खेल्ने क्षमता राख्नुहुन्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?