नेपालले गुमायो चौथो विकेट, कुशल मल्ल २ रन जोडेर आउट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

२२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भए ।

यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए ।
१६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए  । उनले १७ बलमा ७ रन जोड ।

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

२२.५ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०१ रन जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?