काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो ।
नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा), माया गुरूङ् (साहित्य-बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया-साहित्य),शान्ता घिमिरे (न्यूजर्सी-साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर-काठमाडौं, समाजसेवा) रहेका छन् ।
हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच