कामनाद्वारा कृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौंं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित शाखा कार्यालयमार्फत् पोखरा महानगरपालिका ८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर प्रदान गरेको छ ।

बैंकले बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो । बैंक सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?