कामना सिजी मोटर्सबीच कर्जा सेवा सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ रूपमा कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ । सम्झौतामा कामना सेवा विकास बैंकका नायब कार्यकारी अधिकृत विनय दाहाल र सिजी मोटर्सका कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै सिजी मोटर्सका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तथा सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?