तरकारी बोकेकोे झोलाले बृद्धको ज्यान लियो

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका वडा नं –६, राते डाँडामा तरकारी खान बोकेको आलुको झोलाले एक बृद्धको ज्यान लिएको छ ।

आलु बोकेको झोला बोकेर घरतर्फ आउँदै गर्दा बाटोमा लडेर झोलाको फिता घाँटीमा पासो लागेर घट्नास्थलमै मृत्यु भएको हो । २४ गते आइतबार बेलुका करिब ७ बजेको समयमा आलु सहितको झोला बोकेर आउने क्रममा घर नजिकै लडेर ६४ वार्षीय कुलबहादुर सुराली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आईतबार आलु खरिद गरी घर लिएर हिँडेका मगर सोमबार विहानसम्म पनि घर नआएपछी परिवारले खोजी गरेको थियो । खोजी गर्ने क्रममा घरबाट करिब पाँचसय मिटर जती टाढा बाटोमा मृतअवस्थामा भेटिएको परिवार श्रोतले जानकारी दिएको छ ।

लिखु गाउँपालिका वडा नं–६ स्थित मिलनचोकमा ट्रयाक्टरमा बेच्न ल्याएको आलु तरकारी खानको लागी खरिद गर्नुभएको थियो । ४ पाथी आलु खरिद गरी झोलामा पछाडी पिठ्युँमा बोकेर घरतर्फ लाग्नु भएको थियो । घर पुग्नै लाग्दा घरभन्दा करिब पाँचसय मिटरको दुरीमा लडेर झोलाको फिता घाँटीमा पासो लाग्दा ज्यान गएको हो ।

चिप्लिएर झोला सहित लड्दा मगर चिलाउनेको रुखको फेदमा एकापट्टी आफु र अर्काे पट्टी बोकेको झोला झुन्डीएको भेटियो । झोलाको फित्ता मगरको घाँटीमा पासो लागेका अवस्थामा मगरको घट्नास्थमलमै मृत्यु भएको अनुमान गरिएको छ । झोलाको फित्ता बलियो र कडा थियो, घाँटीमा लागेको पासो फुत्काउन नसकेकै कारणले मृत्यु भएको हुनसक्ने स्थानियबासीको भनाई छ । गोरेटो बाटोबाट करिब एक मिटर जति तल खसेर रुखमा अड्किएको अवस्थामा परिवार सहित स्थानियबासीले सोमबार विहान करिब ६ः३० बजेको समयमा फेला पारेका थिए ।

परिवारले खोजतलास गर्नेक्रममा झोलासहित रुखको फेदमा अड्किएको अवस्थामा फेला पारेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गाम्नाङटारबाट प्रहरी टोली घट्नास्थल पुगेको थियो भने थप अनुसन्धान र कानुनी प्रकृयाको लागी इलाका प्रहरी चौकी खिजीफलाटेबाट प्रहरी निरिक्षक सहितको टोली घट्नास्थलमा पुगेको थियो । उनको शव आवश्यक कानुनी प्रकुया पुरा गरी पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र रानीवन लगिएको वडा अध्यक्ष टिकाकुमार मगरले जानकारी दिनु भयो ।

मृतक मगरका तीन छोरी विहे भईसकेको र घरमा बृद्ध श्रीमान श्रीमती बस्दै आउनु भएको थियो । ७१ वर्षिय श्रीमती पदमकुमारी मगर हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?