नेपाल महिला चेम्बरद्वारा ‘ट्रेड सो तीज स्पेसल’ आयोजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’ को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामग्रीको प्रदर्शन तथा बिक्री प्रवद्र्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वांगीण विकासका लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गर्नुभयो । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यका लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरू सहभागिता रहेको उक्त एकदिने मेलामा सांगीतिक कार्यक्रम, फेसन सो नृत्यलगायत कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा गायिकाहरू रेखा शाह, सुजाता केसी, पुनम काफ्ले, सावित्रा भुजेललगायतले आकर्षक प्रस्तुति गर्नुभएको थियो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ हुनुभभयो भने उहाँ नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?