प्रदेश सांसद बिन्दु यादवको निधन

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । यादवको मंगलबार बिहान निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहनुभएकी यादव क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्याे ।

उहाँ दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्याे । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत यादवकाे मंगलबार निधन भएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?