राखेपको बोर्ड बैठक बिहीबार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बिहीबार बस्ने भएको छ । खेलकुदमन्त्रीसँगको परामर्शमा राखेप सदस्य-सचिव टंकलाल घिसिङले बोर्ड बैठक आगामी बिहीबार बोलाउनुभएको हो ।

बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ । बैठकमा चीनमा हुने १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापन, अफिसियल तथा पदाधिकारीको नामावली टुंगोे लगाउने एजेण्डा छ ।

यस्तै, कर्मचारीको बढुवा अनुमोदनदेखि प्रशिक्षक सेवाका प्रशिक्षकको खेलगत योग्यता निर्धारण स्वीकृत गर्ने एजेण्डासमेत बैठकका लागि राखिएको छ । यस्तै, मूलपानी क्रिकेट रंगशाला र गिरिजाबाबु क्रिकेट रंगशाला वैजनाथपुरको डिपिआर गर्न जिटुजी विधिबाट पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्था, परामर्श सेवासँगको सम्झौता अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?