बलात्कार आरोपमा दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाँके र बर्दियाबाट बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका-६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?