भोजपुरको सानोदुम्माका दुई जनामा देखियो कालाजार

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरमा पनि कालाजारका बिरामीहरु देखा पर्न थालेका छन । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानोदुम्माका दुई जनामा कालाजार संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले सानोदुम्माका दुई जनामा कालाजार संक्रमण देखिएको जानकारी दिनुभयो ।

बिरामी भएका सात बर्षिय बालकको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्नेक्रममा उनमा कालाजार संक्रमण देखिए पछि अन्यको समेत परीक्षण गराउँदा थप एक जना ६६ बर्षका बृद्धमा समेत कालाजारको संक्रमण देखिएको थियो ।

लामखुट्टे तथा भुसुनाको टोकाइबाट कालाजार रोग लाग्ने गरेको छ । कालाजार सार्ने स्याण्डफलाई भुसुनाको पोथीले बिरामीलाई टोकेर निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने विशेषज्ञको भनाई छ। नेपालका १८ जिल्लालाई कालाजार प्रभावित जिल्ला मानिने गरिएको छ ।

कालाजार रोग लागेका बिरामीमा दुई हप्ताभन्दा लामो समय ज्वरो आउने, पेटको बाँया भाग फुल्ने, सङ्क्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

पालिका क्षेत्रमा कालाजार संक्रमण देखिन थाले पछि थप सचेतना अपनाउन थालिएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । वडामा कालाजार संक्रमण देखिएपछि फैलन नदिन सहजता अपनाएको वडाध्यक्ष बोमप्रसाद राईले बताउनु भयो । संक्रमण बढ्न नदिन परीक्षणको दायरा बढाईने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?