पञ्चकोशी सेमिफाइनलमा, धनगढी ११ को जित

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ के गाउँमा भइरहेको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिलातर्फ पञ्चकोशी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत महिलातर्फ सिटी क्लब अफ धनगढीलाई हराउँदै पञ्चकोशी सेमिफाइनलमा पुगेको हो । पञ्चकोशीले सिटी क्लब अफ धनगढीलाई ४-१ ले हराएको हो ।

पुरुषतर्फको खेलमा धनगढी ११ विजयी भएको छ । धनगढी ११ ले वान्टेड विके क्लबलाई हराएको हो । धनगढीले वान्टेडमाथि ५-० को सानदार जित दर्ता गरेको छ । यस्तै, पुरुषतर्फकै खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को टिम पनि विजयी भएको छ । वडा नम्बर ३ ले चर्च युवा क्लबलाई २-१ ले हराएको हो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २५ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै, महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा कैलारी गाउँपालिका र सहप्रवद्र्धकमा कैलारी गाउँपालिका-४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । विसं २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तीजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?