क्याथफोर्डमा बिबिए प्लस र बिबिएम प्लस

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । क्याथफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपटक बिबिए प्लस र बिबिएम प्लस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच कलेजले कार्यक्रमको घोषणा गरेको हो । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिनले औपचारिक रूपमा बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा प्राडा डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्राडा महानन्द चालिसे, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, नबिल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले विद्यमान डिजिटल व्यावसायिक क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्न बिबिए प्लस र बिबिएम प्लस निर्णायक हुनसक्ने बताएका थिए । क्याथफोर्ड व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बिबिए प्लस र पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषय तथ्यांक विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तीय विश्लेषण र परियोजना व्यवस्थापनबारे जानकारी दिनुभएको थियो ।

कलेजका अध्यक्ष सुमन कटवालले विद्यार्थीलाई परिवर्तनशील व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल बनाउन आवश्यक समयसापेक्ष शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दै बिबिए प्लस र बिबिएम प्लस क्याथफोर्र्ड कलेजमा एउटा परिचय मात्र नभएर व्यावसायिक शिक्षामा एउटा नयाँ अध्यायको सुुरुवात गर्ने दाबी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?