चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।
नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला
नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच