हुण्डाईको बम्पर पुरस्कार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हुण्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेस्टिभ डिलाइटअन्तर्गत बम्पर पुरस्कार सार्वजनिक गरेको छ । मंगलबार नाडा अटो शो २०२३ को पहिलो दिन कम्पनीले आफ्नो स्टलमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट बम्पर पुरस्कारका रूपमा रहेको एसयुभी एक्टर सार्वजनिक गरेको हो ।

हुण्डाई फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुण्डाई गाडी खरिदमा छ लाखसम्मको आकर्षक नगद छुट स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा उपलब्ध हुनेछ ।

सबै हुण्डाईका गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्री सर्भिसिङ उपलब्ध गराएको कम्पनीले यस्तो सुविधा आगामी छठ पर्वसम्म मात्रै रहने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?