इनड्राइभको आचारसंहिता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वभर दुई अर्बभन्दा बढी राइड सम्पन्न भएसँगै इनड्राइभले यात्रु र चालकलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ उद्योगलाई सशक्त रूपमा अघि बढाइरहेको छ । कम्पनीले २०२२ देखि काठमाडौंमा आफ्नो सेवा सुरु गरेको थियो ।

राइड-हेलिङ (एपिएसी) इनड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले भन्नुभयो, ‘सुरक्षाप्रति हाम्रो प्रतिबद्धता कायम राख्न हामीले सेफ्टी प्याकका साथमा प्रयोगकर्तालाई आचारसंहिताका साथ सशक्तीकरण गर्ने पहल प्रस्तुत गरेका छौँ । हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौँ र भेदभावका लागि शून्य-सहनशीलताको नीति लिँदै आएका छौँ ।

एक्सपान्सन, ग्रोथ, कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर हामी उत्कृष्ट नतिजा कायम राख्न र हामीले सेवा गर्ने समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छौँ ।’ कम्पनीका अनुसार इनड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो, जसले पाँच महादेशका ४८ देशमा सात सयभन्दा बढी शहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?