भक्तपुरकाे भित्री सडकमा २३ वर्षीय युवकको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भक्तपुरको सूर्य विनायक नगरपालिका–१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ घर भई हाल काभ्रेको बनेपा-१३ नयाँ बस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारतीको शव फेला परेको प्रहरीले जनाएको छ।

पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताउनु भयो।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?