भोजपुर बिहानी फुटबल : विद्योदय र सिद्धकाली फाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट जारी अन्तर बिद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगितामा विद्योदय मावि र सिद्धकाली इङलिस बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ ।

शुक्रवार भएको सेमिफाइनल खेलबाट बिजेता र उपबिजेताका लागि दुई बिद्यालय छनौट भएका हुन । बिद्योदय मावि भोजपुरले पञ्चकन्या मावि बोखिमलाइृ शुन्यका बिरुद्ध तीन गोल गर्दे फाइनलमा पुगेको हो भने सिद्धकालीले सगरमाथा इङलिस बोर्डिङ स्कुललाई २ गोलका बिरुद्ध ३ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो ।

बिहानी फुटवल क्लवको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको संयोजनमा जारी प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।

प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?