हिजाब प्रकरण : अमिनीको पुण्यतिथिमा उनका पिता इरानी सेनाको हिरासतमा

हिमालय टाइम्स
Read Time = 3 mins

निवार । महसा अमिनीको मृत्युको वार्षिकोत्सवमा इरानी सुरक्षा बलले उनका बुबालाई केही समयका लागि हिरासतमा लिएका छन् ।

स्थानीय मानवअधिकार समूहका अनुसार अमिनीको मृत्युको बार्षिकोत्सबमा थप हिंसा भड्कने आशंकामा इरानी सेनाले उनलाई हिरासतमा लिएको हो ।

द गार्जियनका अनुसार  सुरक्षा बलहरूले अमजद अमिनीलाई हिरासतमा लिए र छोरीको पुण्यतिथि मनाउन नदिने धम्की दिएर जबरजस्ती घर फर्काई दिए ।

समाचार अनुसार महसा अमिनीको मृत्युको वार्षिकोत्सवमा अशान्तिको प्रत्याशामा इरानी सुरक्षा बल अमिनीको गृहनगरमा तैनाथ गरिएको थियो। वास्तवमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्युको पहिलो वार्षिकोत्सव देशभर मनाउने तयारीमा धेरै मानिसहरू थिए। यस्तो अवस्थामा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।

उल्लेखनीय छ कि महसालाई हिजाब लगाउने नियम उल्लंघन गरेको आरोपमा हिरासतमा राखिएको थियो, जहाँ उनको प्रहरी हिरासतमा नै मृत्यु भएको थियो । त्यस पछि देशभरका जनता सडकमा निस्किए । महिनौंसम्म देशभर विरोध प्रदर्शन भएको थियो। अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शन इरानका इस्लामिक अधिकारीहरूको लागि टाउको दुखाइ बनेको थियो। तर, कडा कारबाहीपछि देशव्यापी विरोध शान्त भयो।

सो प्रदर्शनमा ७१ नाबालिगसहित ५०० भन्दा बढीको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । यति मात्र होइन, हिंसात्मक आन्दोलनका क्रममा हजारौं व्यक्ति पक्राउ परेका थिए, जसमध्ये धेरै अहिले पनि जेलमा छन् ।

यद्यपि इरानी अधिकारीहरूले भनेका छन् कि विदेशी सरकार र देशका शत्रुहरूले उक्साएको दंगामा दर्जनौं सुरक्षाकर्मीहरू पनि मारिएका छन्। आन्दोलनका मुद्दामा दोषी ठहर भई सात जनालाई फाँसी दिइएको छ ।

वास्तवमा, सेप्टेम्बर १६, २०२२ मा, २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भयो। महसालाई इरानको मोरालिटी प्रहरीले हिजाब नलगाएको भन्दै पक्राउ गरेको थियो । यसै क्रममा प्रहरीले उनलाई कुटपिट गरेको आरोपमा महसा कोमामा गएर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?