रियलमीको फ्यान फेस्ट हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले ग्राहकका लागि शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट-फ्रेण्डली स्मार्टफोन मोडल रियलमी ११ एक्स र रियलमी ११ ५ जी बजारमा सार्वजनिक गर्दैछ ।

आयोजकका अनुसार भेक र यावेशको लाइभ प्रस्तुतिका साथै फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीत ‘लै बरी लै, ‘एक्लै जिउन सिकेँ’ र अन्य धेरै गीतहरू प्रस्तुत गर्नुहुनेछ ।

यावेशले लाखौँ, हजारौँ र आकाशले तिमी भएरलगायत गीतमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुनेछ भने सुभेच्छा खड्काले कार्यक्रम सञ्चालन गर्नुहुनेछ । साथै विभिन्न रमाइला गेम, आकर्षक उपहार रहेका छन् ।

कम्पनीका अनुसार रियलमी ११ एक्स र रियलमी ११ फाइभजीले स्मार्टफोनको ल्याण्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधा र आकर्षक डिजाइनसाथ पुनः परिभाषित गर्ने सम्भावना धेरै छ ।

रियलमी ११ एक्स र रियलमी ११ फाइभजी स्मार्टफोनमा मिडियाटेकको डाइमेनसिटी ६१०० प्लस पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुथ डिस्प्ले रहेको छ भने रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ ।

रियलमी ११ फाइभजीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ । कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?