केरुङ–रसुवागढी–चिलिमे अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा उक्त प्रसारण लाइन निर्माण छिटो अघि बढाउने विषयमा दुवै मुलुकबीच सहमति भएको हो ।

जारी संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङकेरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’

चिनियाँ समकक्षी ली छ्याङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सोमबार बेइजिङमा भएकोद्विपक्षीय भेटवार्तामा यस्तो सहमति भएको हो । ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?