मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

तसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मीड सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?