खाद्यान्न आयात २२.८१ प्रतिशतले बढ्यो

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम दुर्ई महिना अर्थात् साउनदेखि भदौसम्ममा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले घटेर दुर्ई खर्ब ८६ अर्ब २० करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.२ प्रतिशत र ९०.८ प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कुल निकासी ७.८ प्रतिशतले घटेर २६ खर्ब ४५ करोड तथा कुल पैठारी ५.१ प्रतिशतले घटेर दुई खर्ब ५९ करोडमा झरेको छ । अघिल्लो वर्ष प्रथम दुर्ई महिनाको अवधिमा निकासी-पैठारी व्यापार अनुपात १ः९.५ रहेकोमा २०८०/०८१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः९.८ रहेको छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गर्दै आएको उत्पादित चियाको निर्यात १५.६८ प्रतिशतले घटेर ८० करोडमा सीमित भएको छ भने खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड पुगेको छ । 

सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, अलैंची, जुस, जुट तथा जुटका सामानहरू, प्लाइउड, ऊनी फेल्टका उत्पादन, चिया, पामतेल, जडीबुटी, कुकुर बिरालाका आहारा, पश्मिना सल, पिना, कपडा, अदुवा, तामा तथा तामाका उत्पादन, चाउचाउ प्रमुखरूपमा रहेका छन् । फलाम तथा तिनका उत्पादनको निर्यात ८१.६६ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड पुगेको छ भने यार्न निर्यात पनि ६.९८ प्रतिशतले बढेर दुई अर्ब १० करोड पुगेको छ ।

तर, ऊनी गलैंचा निर्यात भने ११.२० प्रतिशतले घटेर एक अर्ब ९० करोडमा झरेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा ८.३३ प्रतिशतले बढेर एक अर्ब ८४ करोड पुगेको छ भने जुट तथा जुटका उत्पादनको निर्यात १९.५६ प्रतिशतले घटेर एक अर्ब २५ करोडमा सीमित भएको छ ।

अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासी पनि १३.१५ प्रतिशतले घटेर एक अर्ब सात करोडमा सीमित भएको छ भने जुस निकासी २४.८२ प्रतिशतले बढेर एक अर्ब ३० करोड पुगेको छ । पामतेल निर्यात भने ८६.७८ प्रतिशतले घटेर ७५ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैंचीको निर्यात १२०.३७ प्रतिशतले बढेर एक अर्ब ५० करोड पुगेको छ भने चिया निर्यात भने १५.६८ प्रतिशतले घटेर ८० करोडमा सीमित भएको छ । अदुवा निर्यात १७७.८८ प्रतिशतले बढेर ३३ करोड पुगेको छ ।

विगत केही वर्षमा नेपालको कुल निर्यातमा खाद्य तेलहरू (भटमास, पाम र सूर्यमुखी तेल) को हिस्सा उल्लेख्य रहेकोमा चालु आर्थिक वर्ष भने हृवात्तै घटेको छ । नेपालको कुल निर्यातमा उल्लेखित तीनवटा वस्तुको हिस्सा २७.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको प्रथम दुर्ई महिनामा ३.१ प्रतिशतमा खुम्चिएर ८३ करोडमा सीमित भएको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात समीक्षा अवधिमा १५.६ प्रतिशतले घटेर १६ अर्ब ७४ करोडमा झरेको छ । भारततर्फको निकासीमा कमी आउनुमा भारततर्फ हुने खाद्य तेल भटमास, पाम र सूर्यमुखी तेलको छ अर्ब ९६ करोड बराबरको कमी आउनु नै प्रमुख कारण रहेको छ ।

नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६९.१६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ६३.२८ प्रतिशतमा झरेको छ । पैठारीतर्फ समग्रमा २०८०/०८१ को प्रथम दुर्ई महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ १९.७९ प्रतिशतले बढेर ३९ अर्ब १२ अर्ब पुगेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात १.७४ प्रतिशतले घटेर २७.७३ अर्बमा झरेको छ । मेसिनरी तथा पार्ट्स पनि ६.९ प्रतिशतले घटेर १६ अर्ब १७ करोड, कच्चा भटमास तेल आयात ६७.४ प्रतिशतले घटेर अर्ब ९६ करोड, औषधि आयात ३३.९७ प्रतिशतले घटेर अर्ब ७१ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री १८.६० प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ६८ करोड पुगेको छ । यातायात साधन र तिनका पार्टपूर्जा आयात ०.२६ प्रतिशतले घटेर १० अर्ब ८२ करोडमा झरेको छ ।

कच्चा पाम तेल आयात पनि ६५.०१ प्रतिशतले घटेर दुई अर्ब ३१ करोडमा सीमित भएको छ । तर, खाद्यान्न आयात भने २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड पुगेको छ । तयारी पोशाक आयात पनि ४३.८८ प्रतिशतले बढेर सात खर्ब १८ अर्ब पुगेको छ । दूरसञ्चार सामग्री आयात भने २०.२८ प्रतिशतले घटेर छ अर्ब ६९ करोडमा झरेको छ । सुन आयात पनि १६.१२ प्रतिशतले घटेर चार अर्ब ५६ करोडमा झरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम दुर्ई महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र पैठारीमा कमी आउँदा व्यापार घाटा ४.७ प्रतिशतले घटेर दुई खर्ब ३३ अर्ब ३० करोडमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?