आइएमई पेको डिजिटल दशैँ-तिहार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । डिजिटल वालेट आइएमई पेले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैँ-तिहार’ अभियान सार्वजनिक गरेको छ । मंसिर ३ गतेसम्म लागू हुने अफरअन्तर्गत हरेक दिन ५० भाग्यशाली विजेताले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् भने हरेक हप्ता एकजना भाग्यशालीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट हृयाम्पर पनि प्राप्त गर्नेछन् । अन्त्यमा आठ भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट हृयाम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै आइएमई पेमार्फत् रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एकजनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड प्राप्त गर्ने डबल मौकासमेत रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?