निशान र एलिनाको स्वरमा ‘जिन्स पाइन्ट कुर्ती सुहाको’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको गीत ‘जिन्स पाइन्ट कुर्ती सुहाको’ सार्वजनिक भएको छ । युरेश सिग्देलको शब्द/संगीत, उदयराज पौडेलको एरेन्ज र श्याम बग्दासको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल र अनुपा कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमी प्रेमिकाले एकअर्काको तारिफ गरेको देखाइएको छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा दिनशन शाहको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?