काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप-२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।
प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफ्ना लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्युरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो ।
विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल साझ ५ः३० बजे हुनेछ ।
होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन् ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफ्नो टोलीले राम्रो अभ्यास गरेको बताउनुभयो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल हुनुहुन्छ । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ हुनुहुन्छ ।
मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुन्जु र मनिष डाँगी हुनुहुन्छ भने फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहनुभएको छ ।
बिहीबार लाओसविरुद्ध दशरथ रंगशालामा उत्रनुअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले घरेलु मैदानमा धेरै दर्शकको अपेक्षा गरेको बताउनुभयो ।
‘नेपालमा व्यवस्थित फ्यान कल्चर देख्न पाइएको छैन । पक्कै पनि लाओसविरुद्ध त्यो अपेक्षा छ,’ उहाँले भन्नुभयो, ‘फ्यानलाई राष्ट्रिय झण्डासहित राष्ट्रिय टिमको जर्सीमा देख्न पाऊँ भन्ने लागेको छ । मैदानमा खेलिरहँदा दर्शकले राष्ट्रिय गानबाट रंगशाला गुञ्जाएको देख्न पाऊँ । जसले प्रतिद्वन्द्वीलाई समेत डरको अनुभव होस् । ९० मिनेटको खेलमा दर्शकको आवाजले पूरा शक्ति देओस् भन्ने कामना गरेका छौँ ।’
नेपाली टिमका मुख्य प्रशिक्षक भिसेन्जो अबलेर्टो अनेसले लाओसविरुद्ध नेपाली टिममा धेरै फरक देख्न पाइने बताउनुभयो ।
‘नेपाली टिम तयारी अवस्थामा छ । थ्री नेसन्स कपभन्दा राम्रो टिम बनेको छ । ट्याक्टिकल र फिजिकलरूपमा टिम राम्रो छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच