रातभरि अनिदो बसेको समयको सपना कस्तो होला ? रातभरि अनिदो बस्नुको अर्थ दिनभरि सुत्नु भन्ने पक्कै होइन । ऊ रातभर जागै थियो र दिनभरि पनि जागै छ, तैपनि उसको मस्तिष्क निदाइरहेको छ र सपना देख्न व्यस्त छ । यदाकदा उसलाई लाग्छ– चराहरू पनि सपना देख्दा होलान् ? गाईभैँसी त निदाउँदा पक्कै कुनै भयानक, बिभत्स सपना देख्न सक्छन् ।
त्यसमा पनि अमेरिकाका गाईले देख्ने सपना, एसियाका भैँसीहरूले देख्ने सपना, कोरियातिरका कुकुर र मंगोलियाका घोडाहरूले देख्ने सपना कति कहालीलाग्दो हुने होला ! संसारभरिका कुखुरा र खसीबाख्रा निदाए भने कस्तो सपना देख्दा होलान् ! समुद्रमा तैरिरहने ठूला माछा र साना भुराहरूको सपनाको रूप कस्तो होला ? पाइथारस र गोमन सर्पको सपनाले के भनिरहेको होला ? हायना र हरिणको सपनाको रूप कस्तो होला ? आकाशमा उड्ने चराचुरुंगी, पृथ्वीका कीटपतंग अनि जलमा बस्ने जीवजन्तुका सपना कस्ता हुने होलान् !
वृक्षहरूमा पनि जीवन र चेतना हुन्छ भनिन्छ, मानिस वा हात्तीलाई सामुन्ने देख्दा तिनीहरूको मन कस्तो हुने होला ? तिनीहरू निदाउँछन् कि निदाउँदैनन् होला ? सपना मेराजस्तै छन् कि अरूका जस्तै ?
तिनीहरू जीवनको रंगीन यात्रा गरिरहेका होलान् कि ! सन्निकट मृत्युको संकेत पाइरहेका होलान् ? मानिसरूपी ऊ अर्थात् बिरामजीलाई रात होस् कि दिन सपना मूर्त र कुनै दिन अमूर्त भएर सामुन्ने उपस्थित हुने गरेजस्तो प्रतीत हुन्छ । हो, मानिसले देख्ने सपना पनि फरक होलान् । बुद्ध, गान्धी माक्र्सहरूले, विवेकानन्द, रामकृष्ण परमहंस, शिवपुरी बाबा, खप्तड स्वामी, ओशोहरूले देख्ने सपना र हिटलर, मुसोलिनी, अलेक्जेन्डरहरूले देख्ने सपनाको भिन्नता के होला ?
सपना पनि अनेकथरीका हुन्छन् । आज विरामजीका सामुन्ने अनेक गोहीहरूको युद्ध चलिरहेको थियो । मल्ल युद्ध । उनीहरू पोखरी कब्जा गर्न र पत्नी सुख भोग गर्ने सपनाका साथ वर्चस्व कायम गर्न लडिरहेका थिए ।
साधना भूमिको एकीकरण गर्ने पृथ्वीनारायण वा विस्तार गर्ने जंगबहादुरका सपना कस्ता हुन्थे ? भानुभक्त, महाकवि देवकोटा, लेखनाथ, विश्वेश्वर, सत्यमोहन, माधव घिमिरेहरूले वा पुष्पलालहरूले देख्ने सपनासँग विरामजीको सपना कसरी तुलनीय होला ? सियो, ओदान, ठेकी, हलो, कोदालो, जुवा, जोतारो निर्माण गर्नेहरूको सपना र ग्यालिलियो, डार्बिन, आइन्स्टाइन, निकोला टेस्ला, ओपन हाइमर, विलियम वोलक, लसन हास्ली, रिचेल्ट, म्याडम क्युरी अनि मदर टेरेसाहरूको सपना कस्तो थियो होला ?
मदर टेरेसा र टैगोरका सपनाहरू कसरी चर्मचक्षुवरिपरि घुम्थे होला ? असहाय, अशक्त, वृद्धावस्थामा पुगेकाहरू र भरखर च्याँ गर्दै गरेको शिशुको सपना भन्न सकिँदैन होला । सपना त सपना नै हो, जसले जसरी देखे पनि हुन्छ । शिव शर्माको सातुको सपना होस् कि मुंगेरी लालका, चाणक्यका हुन् कि अशोकका, के फरक पार्छ र सपनाले ? सपना पनि अनेकथरीका हुन्छन् । आज विरामजीका सामुन्ने अनेक गोहीहरूको युद्ध चलिरहेको थियो । मल्ल युद्ध । उनीहरू पोखरी कब्जा गर्न र पत्नी सुख भोग गर्ने सपनाका साथ वर्चस्व कायम गर्न लडिरहेका थिए ।
युद्ध सकिएको छैन । अकस्मात् चित्तल, घोरल, नीलगाईहरूको बथान नदीमा प्यास मेट्न पुग्छ । उनीहरू पानी प्यास मेट्नासाथ नदी तर्ने प्रयासमा लाग्छन् । कति त पारि सजिलै पुग्छन् त कति गोहीको आहारा हुँदै इहलीला त्याग्न विवश देखिन्छन् । नदी रक्ताम्य हुन्छ । हिंसाको त्यो बिभत्स दृश्यले विरामको मन हाहाकार गर्छ । तर, त्यो त सपनामात्रै त हो । के फरक पर्छ र ? आहारा गोहीको होस् कि मानिसको खास फरक हुँदैन । आफ्नो आकृति, रूप, सामथ्र्य र परम्पर अनुसार भोजनको आवश्यकता पर्छ ।
बिरामका सपनाको केन्द्र परिवर्तन हुन्छ । माथिल्लो पदमा पुगेको कुनै मानव आकृति देखापर्दछ । त्यो मानव आकृति विस्तारै आफ्नो उच्चासनबाट तल झर्छ । तल झर्नु मात्र के थियो, उसलाई सलामीको शृंखला सुरु हुन्छ । मुसुक्क मुस्कुराउँदै दाहिने हात निधारमा पुग्छ उसको । यसो हेर्दा ऊ चिबे चरो बसेजस्तो देखिन्थ्यो । चिबे चरो निकै बाठो ठान्छ आफूलाई । हुन त कागभन्दा कोइली बाठो भन्ने चलन छ । चिबेको नाम जोडिएको सुनिँदैन । यो चरो बाजजस्तो सिकारी वा गिद्धजस्तो मुर्दाप्रेमी पनि हुँदैन ।
सपना त अरू पनि थिए, ती सबै पूरा भएनन् । ‘सपना देखेजति कसरी पूरा हुन्छ र ?,’ उसले सपनामा नै प्रश्न गर्याे । तर, त्यस समयमा सुरु भएको जग विस्तारै खुड्किलोमा परिणत भयो र बढ्दै गयो । आज ऊ शिखरमा आराम फर्माइरहेको छ ।
त्यो उच्चासनबाट अवतरित मानिस स्वभावले चिबेजस्तो मात्रै देखिएको हुनुपर्छ । विराम त्यस मानव आकृतिमा आफ्नो छविछाया खोजेझैँ गर्छ । त्यो मानव आकृति विरामले देखिरहेको सपनालाई उपेक्षा गरेझैँ पछाडि फर्केर दगुर्न लाग्छ । दगुर्दादगुर्दै ऊ आफ्नो जन्मगाउँको झोपडीमा पुगेर सुस्ताएको देखिन्छ । उसको जन्मघर भग्नावशेषमा परिणत भएको निकै वर्ष भएछ । भत्केको भित्तोमा समेत घाँसे लहराहरूको साम्राज्य थियो । चारैतिर सिरुबारी छ । कुनै दिन अग्र्यानिक साग, काउली, भटमास, मुला, गोलभेँडा, काँक्रा, सुन्तला, कागती फल्ने त्यो करेसाबारीमा सिरुले घरजम गरेछ ।
बारीमा हुने मकै, कोदो, फापर कतै छैन । कफीका बोट, अम्बा र किवीका बोटहरू मरिसकेछन् । निबुवा र कागतीका बोटहरू भने सिक्रा हुँदै बाँचेकै देखियो । अरू लहरापात, बोटबिरुवाको चिनो चखेटो छैन । जीवनको विकास यही नै हो ? सभ्यताको उत्कर्ष यही हो त ? मानव आकृतिको मनले प्रश्न गर्छ । उसलाई अलिकति केही गुमाएजस्तो, प्रगतिका नाममा, विकासका नाममा भविष्य गुमाएको हो कि जस्तो पीडाबोध नभएको होइन यतिखेर ।
पीडाबोध हुनु र साँच्चै पीडा हुनुमा निकै अन्तर छ, उसले बुझिरहेको छ । विराम आकृतिसँगै यात्रा गरिरहेको छ । यात्रा सपनाको । त्यो मानव आकृति पर बसेर जिस्काइरहेका बाँदरलाई क्रोधका साथ हेर्छ । तिनीहरू केही भनिरहेका छन् होलान्–मान्छे तँ निकै ठूलो भइस्, जति ठूलो भए पनि सलामीले तेरो पेट भरिँदैन होला, तिर्खा मेटिँदैन होला । तार खाएर अघाउने होइन होला, पेट्रोलले तिर्खा मेटिने होइन होला । यही बाँझो गरामा हुने खेती नै हो तेरो प्राण जोगाउने । पर कलकल गरिरहेको जलधारा नै तेरो जीवनको सहारा होला, हुनुपर्ने हो ।
हो, यो खेतबारीमा तँ मनुष्यको पसिनाको कमाइ भएमा हामीले पनि केही लुटपाट गर्न पाउने थियौँ । अहिले त वनको बन्सो, बिरुवाका गुवाको गुवोमा जीवन धान्नुपरेको छ । हि...हि... ती बाँदरहरूको कर्कश समवेत ध्वनिले मानव आकृति तर्सेजस्तो लाग्छ । फनक्क फर्केर पाइला चालेको ऊ हिजो आफूलाई ठूलो बनाउने गाउँ र मानिससँग भेट गर्न हिँडेजस्तो देखिए पनि के मन लागेर हो, फेरि सहरको पुरानो आफ्नो कोठातिर लाग्छ । बिराम पनि सपनाको यात्रामा घुमिरहेको छ, मानव आकृतिसँगै । सपनामा बाघको झुण्ड देखिन्छ । सिकारको प्रतीक्षामा निदाइरहेका बाघहरू पनि त सपना देख्ने गर्छन् । बाघलाई भुसुनाहरूको लस्कर कस्तो लाग्दो हो !
वनको राजा बाघ र बाघहरूको झुण्ड । मत्ता हात्ती, गैँडा, जलगैँडा सबैसँग लड्ने बाघ भुसुनाहरूसँग यतिविधि किन डराएझैँ सपना देखिरहेको होला ¤ हात्तीले कमिलासँग पराजय भोग्नुपर्छ भने बाघजस्तो राजा पनि भुसुनासँग हार्नुपर्ने हुन्छ । सबैभन्दा हिंस्रक भयानक प्राणीहरूको प्राण सबैभन्दा सानो प्राणीको नंग्रा, मुख र पखेटामा अड्एिको हुन्छ भनेको त्यसै होइन । ठूला मानिसहरूको प्राण पनि यस्तै कुनै भुसुनाहरूको कर्ममा अडिएको हुन सक्दैन ? पक्कै पनि ।
सपनामा आएको त्यो मानव आकृतिमा कतै विगत जन्मेजस्तो भयो । केही वर्षको अन्तरमा सपनाले कोल्टे फेरेजस्तो लाग्यो । ऊ त्यस बेला निकै सानो आकारको तर सपनाको ठूलो भारी मनमा बोकेर हिँडिरहेको थियो । त्यो सपनाको भारी बोकेर उक्लनुपर्ने निकै सिँढीहरू थिए । तर, सिँढी उक्लन सामल हुनुपर्छ । आवश्यक क्यालोरी नभएको शरीरले उकालो सिँढी त्यो पनि गहरूँगो भारीका साथ कसरी धान्न सक्छ र ? सडकमा बसेर सपना देखिरहेको समयमा केही नगद भुइँमा खसेको देख्यो उसले । हात बढायो, तर टिप्न पाएन ।
कसैले उसलाई भन्यो–यो पैसा काम गर्नेहरूले मात्रै पाउने हो, तिमी बेकामेले लैजान पाउँदैनौ । निद्रामा नै सोध्यो उसले– काम, के काम ? म त जे पायो त्यो गर्दिनँ । ‘किन गर्दैनौ ?,’ अर्को आकृतिको प्रश्न थियो । ‘म त सपना देख्दादेख्दै सडकबाट धेरै दिन जेल परेको थिएँ । हत्कडी पनि लागेको थियो । सडकमा बसेर खानु हुँदैन भन्ने अभियानमा लाग्नेहरूले महलमा मात्रै खान आग्रह गरेका थिए । मैले मानिनँ ।
सडकमा नै सुत्न र खान खोजेका थिए । अब सडकमा खसेको पैसा पनि तिमी रोक्न खोज्छौ, कसरी हुन्छ ?,’ ऊ बरबरायो । सपनामा नै मुड्की बनायो र उज्यायो । अर्को आवाजले भन्यो– होइन, तिमीले यो पैसा टिप्न पाउँछौ, लिन पनि । तर, तिमीले एउटा सानो काम गर्नैपर्छ । ‘के काम होला ?,’ वाक्य पूरा नहुँदै सडक सपनाले सोध्यो ।
अर्को आवाजले प्रस्ताव राख्यो–तिमी मलाई बीस लाखको काम देऊ, तिमीलाई म एघार पैसा दिन्छु । यो प्रसंगहीन सपना कहाँबाट जन्मियो ? जन्मिनु थियो, जन्मियो ¤ के फरक पार्छ र यसले ? ‘एघार पैसा ? कसरी हुन्छ ? मेरो सपनाको सिँढी तयार हुन सक्दैन त एघार पैसाले ?,’ ऊ अलि जोडसँग करायो । आगन्तुक आवाजले हाँस्तै भन्यो–एक रूपैयाँमा एघार पैसा पायौ भने तिम्रो सिँढी सपना त पूरा हुनेछ, होइन र ? सपनामा नै उसले औँला भाँच्यो, ‘एघार पैसाले त दुई लाख दश हजार । वाह भाग्य !’
ऊ मनमनै दंग पर्याे र चिच्यायो–हुन्छ, हुन्छ । मेरो सपनाको सिँढी तयार हुन्छ । मेरो सपना पूरा हुने भयो । पहिलो खुड्किलो, दोस्रो खुड्किलो, तेस्रो खुड्किलो । आगन्तुकले निर्देशन दियो–अब टिप्न सक्छौ तिमीले त्यो पैसा, जहाँ एघार पैसा जम्मा भएको छ । सपना पनि कस्ताकस्ता छन्, एघार पैसाले कसैको भविष्य निर्माण भएको छ, उचाइमा पुग्ने सिँढीको पहिलो खुड्किलो बन्ने भएको छ ।
उसले जग खन्न सुरु गर्याे –
सुपुरो मुसिकाञ्जलि ।
सपना त अरू पनि थिए, ती सबै पूरा भएनन् । ‘सपना देखेजति कसरी पूरा हुन्छ र ?,’ उसले सपनामा नै प्रश्न ग¥यो । तर, त्यस समयमा सुरु भएको जग जिस्तारै खुड्किलोमा परिणत भयो र बढ्दै गयो । आज ऊ शिखरमा आराम फर्माइरहेको छ । हिजो सडकमा बसेर बिताएका रातहरू सपना नै थिए । मानव आकृतिले विचार गर्याे–अरूले पनि यसरी नै तलबाट माथिको यात्रा गरेका हुन् नि ¤ कोही चिया बेच्दाबेच्दै माथि पुगे, कोही अखबार सडकमा छर्दाछर्दै ठूला भए ।
ही खेतमा मल बोक्दाबोक्दै महान् भए । जमिनबाट माथि उठ्ने क्रममा अरू कतिका सपना पूरा भएनन्, तर ती सपनाको सिँढीमा मजस्ताहरूले टेक्दै शिखरमा पुग्ने अवसर त जुट्यो । मानव आकृति लामो सन्तोषको सास लिन्छ । मानव आकृतिको निस्वाससँगैको स्वप्नभंग छवि देख्नासाथ विरामको सपनासमेत भताभुंग हुन्छ र मनमनै दोहोर्याउँछ– सुपुरो मुसिकाञ्जलि । सपना जेजस्तो देखिए पनि अँजुली भरिएपछि अन्त्य हुने गर्छ । अञ्जुलीमात्रै फरक हुन्छ, कसैको ठूलो र कसैको सानो । (१२ खरी अनलाइनमा प्रकाशित ।)
(बु.न.पा–१०, कपन, नारायणचोक ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच