पोखरामा ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम हुँदै

Read Time = 2 mins

काठमाडौं । पोखरामा ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम हुनेभएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थानीय व्यावस्थापनमा यही पुस ८ गते शुक्रबार कास्की पोखरामा प्रदर्शन हुने भएको हो ।

सम्पूर्ण नेपाली संगीतको इतिहास जानकारी दिने उद्देश्यका साथ गरिने उक्त कार्यक्रम एक घण्टा ३० मिनेटको रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली संगीतका प्रथम गीत रेकर्डिङ गर्ने सेतुरामदेखि बर्तमान लोकप्रिय गायक राजेश पायल राई, राम कृष्ण ढकालसम्मका गरी २९ वटा गीत तथा नृत्य प्रस्तुति गरिने जनाइएको छ ।

कार्यक्रममा प्रगतिशील गीतको इतिहासलाई समेत समिटिनेसाथै नेपाली चलचित्र क्षेत्रलाई पनि सम्बोधन गर्दै चलचित्रका गीतमा दुई वटा नृत्य पनि प्रस्तुत गरिने कार्यक्रमका संयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोककुमार राईले जानकारी गराउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नृत्य सम्योजनहुने सो कार्यक्रममा ऐतिहासिक सिर्जनाहरूलाई कुन्ती मोक्तान, भीषण मुकारुङ, निसा देसार, दुर्गा परियार, सञ्जय तुम्रोक, साजन राई, रूपक चौधरी प्रस्तुति दिनुहुनेछ भने शिलाबहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुढाथोकी, गोपाल देव घतानी, धनबहादुर गुरुङ, नरेश प्रजापति, पोषन घर्तीले बाध्य वादनमा साथ दिनु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?