काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०२३ मा बेस्ट पप मेल सिंगर अवार्ड गायक विनोद ढकाललाई प्रदान गरिएको छ । उहाँलाई राष्ट्रिय नाचघर जमलमा सम्पन्न ओएस नेपाल म्युजिक अवार्ड समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो ।
समारोहमा संगीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो भने लोकप्रिय गायक शिव परियारलाई अमर रजत सम्मान प्रदान गरिएको थियो । यस्तै ओएस नेपालकर्मी प्रभा शर्मा, एच बी ताम्राकार, सुमन सापकोटा, हरि अधिकारीलाई सञ्चार सम्मान २०८० बाट सम्मान गरिएको थियो । अवार्ड समारोहमा विभिन्न ५५ विधामा अवार्ड वितरण गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका सभापति तथा अवार्डका संयोजक विवेक कार्कीले कला संस्कृतिको जगेर्नाको कार्यलाई ओएस नेपालले भोलिका दिनमा पनि निरन्तरता दिने बताउनुभयो । उहाँले कलाकारहरूले आफ्नो हक र अधिकार लिन सधैँ आफैं अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन दिनेश डिसी र कर्मा लामाले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच