काठमाडौं । नेपाल भाषा एकेडेमीका पूर्वचान्सलर चित्तरञ्जन नेपालीको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकारसमेत रहनुभएका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गर्नुभएन ।
उहाँ २०१३ मा पहिलोपटक मदन पुरस्कार विजेता पनि हुनुहुन्छ । उहाँलाई ०१५ सालको श्रेष्ठ सिरपाः पनि प्रदान गरिएको थियो । ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ का लागि उहाँलाई यो पुस्कार दिइएको थियो । यस्तै उहाँको अर्को कृति ‘श्री ५ रणबहादुर शाह’ छ ।
नेपालको परराष्ट्र सम्बन्धबारे पनि गहन अध्ययन गर्नुभएका नेपालीले नेपाल-चीन सिमाना सन्धिबारे पनि पुस्तक लेख्नुभएको छ । नेपाल भाषामा पनि उहाँका केही मौलिक कृति छन् र उहाँले नै चर्चित ‘गंकी’ उपन्यास नेपालीमा अनुवाद गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि रहनुभएका उहाँले निर्वाचन आयुक्तका रूपमा ०५१ देखि दुई वर्ष काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच