भुकम्पबाट भत्किएका घरहरुको पुनः निर्माण तिहार लगत्तै हुने

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 3 mins

बझाङ । सुदुरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले प्रदेश सरकारले भुकम्पबाट क्षति भएका घरहरुको पुुनः निर्माण गरिने बताउनु भएको छ । भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बुंगल नगरपालिका २ गिरौँ आइपुग्नु भएका सभामुख भण्डारीले तिहार पछि पुनः निर्माण प्राधिकरणको टोलीलाई प्रभावित क्षेत्रमा पठाउने बारेमा छलफल भएकाले चाँडै पुनः निर्माणको काम सुरु गर्ने गरि प्रदेश सरकारले पहल गरि रहेको बताउनुभयो ।

केही दिन अघि आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै पुनः निर्माणको काम अघि बढाउन ध्यानाकर्षण गराएको र प्रधानमन्त्री सकरात्मक रहेको उहाँको भनाई थियो ।

आईतबार बुंगल नगरपालिका वडा नं २ का भुकम्प पिडित संगको भेटघाटमा सभामुख भण्डारीले आफुले प्रधानमन्त्री संग भेटेरै कुरा गरेको र प्रधानमन्त्री बझाङ आउदा पनि आफैले भुकम्पबाट क्षति भएका घरको पुनः निर्माण गर्ने घोषणा गरेकाले क्षति भएका घरलगायतका भौतिक संरचना पुनः निर्माण हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

भेटघाटमा जनप्रतिनिधि संग सभामुख भण्डारीले पुर्वाग्रह नराखी वास्तविक र भुकम्पले पुर्ण क्षति भएका घरलाई मात्रै प्राथमिकता दिन आग्रह समेत गरेका छन । यसअघि पनि मुख्यमन्त्री कमल शाहले अवलोकनका क्रममा प्रदेश सरकारले पिडितहरुको माग सम्बोधन गर्ने बताउनु भएको थियो । तर गिरौका भुकम्प पिडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका थिए ।

फरक प्रसंगमा सभामुख भण्डारीले बझाङको विकासमा प्रदेश सरकार सकरात्मक रहेकाले जनप्रतिनिधिले अग्रसर हुन पनि आग्रह भयो । अथाहा प्राकृतिक स्रोत भएकोले बझाङ सुदुरपश्चिम प्रदेशको विकासको प्रवेशद्वार हुने भएकाले यश विषयमा आफुले पहल गरिरहेको समेत बताउनु भयो । दहबगरको विकासका लागि नगरपालिकाको केन्द्र बिजगडा देखि गिरौ सम्मको पक्की सडक निर्माणका लागि केही दिनमै टेण्डर प्रक्रियामा जाने तयारी रहेको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?