काठमाडौं । आइसिसी टि-२० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।
सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।
नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि-२० विश्वकप खेलेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच