गुल्मी। गुल्मीस्थित बङ्गालोमा आगलागी हुँदा पाँच लाख रुपैँया बराबरको क्षति भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गए राती २ बजेर ४० मिनेटको समयमा भण्डारीको ढुङगाले छाएको दुईतले कच्ची बङ्गालोमा बिजुली सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार राती ३ बजेर १० मिनेटको समयमा प्रहरी चौकि मरभुंगमा फोनमार्फत आगलागी भएको जानकारी प्राप्त हुनासाथ दिपक शाहको कमाण्डमा प्रहरी टोली खटिएको हो ।
आगलागीबाट एउटा माउ भैंसी जलेर घाइते भएको छ । यसको अबस्थामा मध्यम रहेको छ । बङ्गालो पुर्ण रुपमा जलेर क्षति भएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
बिहान ५ बजेर २० मिनेटको समयमा प्रहरी र स्थानीयबासीहरु मिलि आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच