
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सोमबार १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसाथ सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले सरसफाइ, रक्तदान, कर्मचारीलाई सम्मानदेखि अस्पताललाई आर्थिक सहयोग प्रदान गर्नेलगायतका कार्यक्रम गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहबीच बैंकले तिलगंगा आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगालाई दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
सो अवसरमा बैंकका अध्यक्ष उज्ज्वल सत्याललगायत बैंकका सञ्चालक तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलगायतको उपस्थिति रहेको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले बैंकको वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको र आगामी दिनमा पनि बैंकका सबै परिवार मिलेर थप मिहिनेतसाथ बैंकलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच