पूर्वरानी कोमल शाहद्वारा पुष्पमेलाको अवलोकन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गर्नुभएको छ ।

शुक्रवार ललितपुरको जावलाखेलमा गत मंगलवारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनी स्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गर्नुभएको हो ।

उहाँले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद समेत गर्नुभएको छ । यो वर्षको पुष्पमेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भइरहेको नेपाल फ्लोरी कल्चर एशोसिएशन (फ्यान)का अध्यक्ष मिनबहादुर श्रेष्ठले बताउनु भयो ।

उहाँले मेलाको चौथो दिनसम्म आउँदा ५२ लाख बराबरको कारोबार भइसकेको उल्लेख गर्नुभयो । उहाँले चौथो दिनसम्ममा २१ हजार अवलोकनकर्ताहरुको मेलामा सहभागिता जनाएको बताउनु भयो । उहाँले पाँच दिनमा मेलामा १ करोड बराबरको कारोबार हुने अपेक्षा रहेको बताउनु भयो ।

१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १८ गते शनिवारसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?