काठमाडौं । कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ विश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरियातर्फ प्रस्थान गर्नुभएको छ । नोभेम्बर २ देखि १० तारिख सम्म आयोजना हुने कोर्समा नेपालका तर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आस नारायण चौधरीले सहभागीता जनाउन लागेको नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराउनुभयो । महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन् ।
कोरिया जाने प्रशिक्षकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार बिदाइ गर्नुभयो । बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको उपस्थिति रहेको थियो । छोटो समयमानै अन्तर्राष्ट्रिय खेल मञ्चमा आफ्नो उपस्थितिलाई पुष्टि गर्दै पदक हासिल गर्न सफल यस खेलले उच्चस्तरको प्रशिक्षक उत्पादनका साथ अझै राम्रा र स्तरीय खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने महासचिव सुनुवारले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच