काठमाडौं । ब्राजिली फरवार्ड रोड्रिगोले रियल मड्रिडसँग सम्झौता नवीकरण गर्नुभएको छ । ब्राजिली फरवार्डले रियल मड्रिडसँग सन् २०२८ सम्म रहने गरी सम्झौता नवीकरण गर्नुभएको हो । २२ वर्षका फरवार्डले १७९ खेलमा ३९ गोल गर्नुभएको छ । उहाँले ब्राजिलबाट समेत १८ क्याप जित्नुभएको छ ।
ला लिगा क्लबमा उहाँ १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट जानुभएको थियो । रियल मड्रिडमा रहँदा उहाँले दुई ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, युरोपियन सुपर कप र क्लब विश्वकप जित्नुभएको थियो ।
उहाँले सन् २०२२ को कतार विश्वकपमा समेत ब्राजिली टिममा स्थान बनाउनुभएको थियो । कतारमा उहाँ पाँच खेलमा मैदानसमेत उत्रिनुभएको थियो । रोड्रिगोका सहकर्मी जुनिसियस जुनियरले पनि केही दिनअघि सन् २०२७ सम्म क्लबमै रहने गरी सम्झौता नवीकरण गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच