काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा शनिबार मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको हो ।
हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । कम्पनीले विषम परिस्थितिमा आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरूपमा सञ्चालनमा राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।
साथै उक्त क्षेत्रमा पाँच दिनका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभएको छ । सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुम पश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच