काठमाडौं । काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका छन् ।
प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।
बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।
ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच