
काठमाडौं । कान्तिपुर पब्लिकेसनले आन्तरिक समझदारी वा कानुनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । नेपाल पत्रकार महासंघको ब्यानरमा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको भन्दै कान्तिपुर पब्लिकेसनले विज्ञप्ति जारी गरेको हो । ‘जीवन्त संस्थामा यो क्रम निरन्तर जारी रहन्छ ।
त्यसको मापदण्ड तय गर्दा पहिलो प्राथमिकता आपसी समझदारी हो भने त्यसको विकल्प कानुनीमार्ग हो । यी वैधानिक मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता गर्न पब्लिकेशन्स किञ्चित् तयार छैन, तयार हुने छैन’ पब्लिकेसनको मानव संशाधन विभाग प्रमुख पुष्पराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
व्यवस्थापन र पत्रकार महासंघ प्रतिष्ठान शाखाबीच संवाद भइरहेका बेला वार्ता भाँड्ने उद्देश्यले महासंघको केन्द्रबाट चरणबद्ध विज्ञप्ति जारी हुनु र सहमति भएको अर्को दिन नै आन्दोलन घोषणा हुनुले पनि सबै विषय स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार महासंघको नेतृत्वले पटक-पटक विज्ञप्ति जारी गर्दै कान्तिपुरले ८२ जना सञ्चारकर्मीलाई कारबाही गरेको दाबी गरेर आफ्नै विश्वसनीयता गुमाएको उल्लेख गर्दै दाबी गरेकोमध्ये आधा संख्यामात्र पनि पुष्टि गर्न पब्लिकेशन्सले महासंघ नेतृत्वलाई चुनौती दिएको छ ।
श्रमजीवी ऐन विपरीत निष्कासन गरेको विरोधमा कान्तिपुर पब्लिकेसन प्रालिका पत्रकारहरू धर्नामा बसेका छन् । ८२ जना श्रमजीवी पत्रकारलाई जर्वजस्ती नियमविपरीत हटाएको भन्दै उनीहरूले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आन्दोलन गरेका हुन् । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ ।
यसैबीच केहीदिन अघि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गरेको थियो । कान्तिपुरमा भइरहेको पत्रकारहरूको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको भन्दै शाखालाई निलम्बन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच