काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ(नामिया)ले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै पीडितलाई तत्काल सहयोगका लागि संघले जिल्ला प्रशासन कार्यालय जाजरकोटको विपद् व्यवस्थापन समितिको समन्वयमा भेरी नगरपालिका नगर कार्यपालिकाको कायार्लय खलंगा-जाजरकोटलाई विभिन्न राहत सामग्री पनि हस्तान्तरण गरेको छ ।
संघले चामल ४२ बोरा, तोरी तेल ४० पाउच, दाल ४२ केजी, नुन ५० केजी हन्तान्तरण गरेको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विपद् घडीमा संघमा आबद्ध इच्छुक साधारण सदस्य, आजीवन सदस्यलगायत अन्य सहयोगलाई पनि राहत सहयोग अभियानमा सहभागी हुन संघले आहृवान गरेको छ ।
सहयोगका लागि संघका सचिव गौरव श्रेष्ठ (९८५१३५११०८) र सचिवालयअन्तर्गत महासचिव अर्जुनप्रसाद लुर्इंटेल(९८४७५१३६७०) साथै कार्यालय सचिव दिवा न्यौपाने(९८५१३३१७५८) लाई सम्पर्क गर्न सकिने पनि संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच