काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले सन्तुलन मिलाउन जरुरी रहेको बताउनुभएको हो ।
ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी मुख्य चार क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने ढकालको भनाइ थियो । उल्लेखित क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र सोही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकाले दुवै देशलाई फाइदा हुने उहाँले बताउनुभयो । नेपालमा ठूला लगानीका तीन सय ५० भन्दा बढी कोरियाली उद्यम सञ्चालनमा रहेकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइरहेको उहाँको भनाइ थियो ।
नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्र विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्वपूर्ण रहने भन्दै अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने बताउनुभयो ।
केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्र्दै सकेसम्म छिटो टुुंग्याउन पनि उहाँले आग्रह गर्नुभयो । ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिँदै ढकालले निजी इक्विटी र नयाँ-नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनुपर्ने बताउनुभयो । कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरमा पनि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच