मौलापुरकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार मेयर साहलाई कामकाज गर्न दिन आदेश दिएको हो।

'मौलापुर नगरपालिकाको निवेदीका निर्वाचित भएको नगर प्रमुख पद रिक्त भएको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउनूु सर्वोच्चको आदेशमा भनिएको छ, ' निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला, मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारवाही गर्न दिनू भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।'

शाहले एमालेको सदस्यबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता लिएको आधिकारिक प्रमाण पनि पेश नभएको, साह संलग्न भई अर्को दल गठन गरेको भन्ने वैधानिक आधार(प्रमाणको अभाव रहेको भन्दै सर्वोच्चले उहाँलाई नगरप्रमुख पदबाट हटाउने गरि भएको आदेश कार्यान्वयन नगर्न भनेको हो।

साथै यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ ।

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिनाकुमारी साहको पद यसअघि निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?