
काठमाडौं । लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैया’ रिमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा उक्त गीतलाई समावेश गरिएको हो । गीत सार्वजनिक गर्दै दीपकले चलचित्र पौष २७ मा प्रदर्शन गरिने जानकारी दिनुभयो । ‘यो विशुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसको सुरुआत गीतमार्फत गरेका छौँ’, निर्देशक श्रेष्ठले भन्नुभयो, ‘पर्खी बसेँ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’
यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दै हुनुहुन्छ । उहाँहरू दुईले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लाग्नुभएको हो । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताउनुभयो । ‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाए । पाउने प्रतिक्रियाको पर्खाइमा छु’, रक्षाले भन्नुभयो । अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भन्नुभयो ।
सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारि’ मा समावेश गीत हो । यसको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाउनुभएको छ ।
पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायांकन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गर्नुभएको छ । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताउनुभयो । ‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भन्नुभयो ।
रोमान्स फिल्मस् र तपश्री फिल्मस् (सिक्किम)को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय छ । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ ।
चलचित्रको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौं उपत्यकामा ऋच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच