चलचित्र निर्माता सन्तोष सेनको फिल्म बलिदानको टिजर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘बलिदान’को टिजर आइतबार सार्वजनिक भएको छ। फिल्मको छायांकनमा जानु अगाडि नै सेनले उक्त फिल्मको टिजर सार्वजनिक गरेका हुन् ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई सेनले ‘फस्र्ट ल्याण्डिङ’ भनेका छन् । फिल्मको टिजरमा कलाकारलाई भने प्रस्तुत गरिएको छैन । यो फिल्मलाई सेनले एक्सन शैलीमा निर्माण गर्न लागेका छन् । जसले, देशमा देखिएको विकृती र विसंगतीका विरुद्धमा बोल्ने एक यूग पुरुषको खोजी गर्नेछ । टिजरमा देशको आन्तरिक मामालामा जब बाहिरी शक्तिको प्रवेश हुन्छ, त्यसपछि नायकको जन्म भएको देखाइएको छ ।

यसैले, पनि यो फिल्ममा सेनले भरपुर राष्ट्रियताको कथा उठान गर्ने निश्चित छ । निर्माता सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । साधक दर्शनजीको लेखनमा तयार भएको यो फिल्मको स्क्रिप्ट डाक्टर भने मनोज पण्डित हुन् ।

फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी तथा चक्र बहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने घोषणा सेनले यसअिघ नै गरेका छन् ।

यस्तो छ, बलिदानको टिजर...

https://youtu.be/Til23QMxkEw

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?