भोजपुर । सबै आवश्यक सामग्रीहरू तयारी अवस्थामा भएर पनि कुनै निकायले सहयोग नगर्दा भोजपुर जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनमा ल्याउन नसकिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताउनुभयो । दुर्गम पहाडी जिल्लाहरूमा अहिले पनि प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट नागरिकहरू वञ्चित हुनुपर्ने अवस्था आएको छ । जसका कारण सेवा पाउनका लागि सुविधासम्पन्न अस्पतालहरूमा जानुपर्ने अवस्था सिर्जना भएको छ । प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भोजपुरका नागरिक आइसियु सेवा लिनबाट समेत वञ्चित भएका छन् । जिल्ला अस्पताल ५० शैय्या क्षमताको सुविधासम्पन्न बनेको छ । तर पनि आएका सामग्रीहरूसमेत जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन् ।
दक्ष जनशक्ति व्यवस्थापनका लागि कुनै पनि पक्षले आर्थिक सहयोग नगरेपछि जिल्ला अस्पतालमा तयारी अवस्थाामा रहेको आइसियु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग आग्रह गरे पनि त्यसतर्फ कसैले चासो नलिएको अस्पताल प्रमुख डा. रिजालको भनाइ छ ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर रिजालसहितको टोलीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखहरूलाई भेटेर सञ्चालनमा आउन नसकेको आइसियु सेवा सञ्चालन हुने वातावरण बनाउनका लागि आर्थिक सहयोग गर्न आग्रहसमेत गरेको थियो ।
जिल्ला अस्पतालका अनुसार सेवा सञ्चालनका लागि नौजना दक्ष जनशक्तिको आवश्यकता रहेको छ । जसमा कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट एकजना, कन्सल्ट्यान्ट इन्टरनल मेडिसिन एकजना, तालिमप्राप्त मेडिकल अधिकृत दुईजना र तालिमप्राप्त नर्सिङ स्टाफ पाँचजना चाहिने हुन्छ । जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थापनका लागि मासिक तलब भत्तालाई नौ लाख ८० हजार ५२२ रुपैया आवश्यक पर्ने देखिन्छ । सो स्रोत जुट्न नसक्दा सेवा चल्न नसकेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच